Posts

Featured Post

मेरो प्यारा जति याद गर्दिन भन्यो झन धेरै याद आउछ माया तिम्रो 😢

म यसरि जोडिएको छु तिमी संग जस्तै नदि समुन्द्र संग, आकाश तारा संग, पात हावा संग, श्वास धड़कन संग अनि धड्कन तिमी संग मेरो माया ♥️ मेरो प्यारो मान्छे 💧

तिम्रो प्रतीक्षामा म सुगन्ध बनेर हावामा मिसिइरहेछु, तिमीले सास फेर्ने हरेक क्षणमा मेरो याद झल्कियोस् भनेर।

रिसाएर अर्को तिर फर्किदा पनि मलाई तिम्रो अङ्गालो को आश हुन्छ।

मन्दिर पसौ कि मस्जिद पसौ? ? तिमिलाइ पाउन के गरौ ? घाटि मा पासो कसौ ? !

तिमि नहुदा त तिम्रै भए, अरु के प्रमाण दिउ अरु?

तिमी त्यो मान्छे हौ, जसको लागि रुन तयार छु, तर गुमाउन तयार छैन ।

मेरो जीवनको किताबमा तिमी एउटा यस्तो अध्याय हौ, जसलाई मैले अन्त्य नगरी सधैं पढिरहन चाहन्छु। तिमी त्यो सुखद पीडा हौ, जसको अनुभूति मेरो हर साससँगै जोडिन्छ। तिम्रो लागि आँखाबाट बगाउने हरेक थोपा आँसु, मेरो प्रेमको त्यागपत्र होइन, बरु यो हृदयमा तिम्रो स्थान कति अमिल्य छ भन्ने प्रमाणित गर्ने एउटा पवित्र जल हो।

किस्मत

रात भर सोचते रहे पर ये फैसला ना कर सके 😔 की तुम याद आ रहे हो या हम याद कर रहे हैं...!!

टुक्रा टुक्रा

तिम्रो यादहरु पनि ति समुन्द्रको छालहरु जस्तै रहेछन्, माया ! हर रात मेरा चट्टान सरि छातिमा बजारिन्छन् अनि टुक्राटुक्रा बनाइ दिन्छन !!

"लुकाइएको प्रेमको कथा"

"लुकाइएको प्रेमको कथा"

तिमी

आज थोरै माया जताउन मन् छ, तिमी मेरो हो भन्ने दुनियाँ लाई सुनाउनु मन् छ, मलाई त तिम्रो हातमा आफ्नो मुटु राख्न मन् छ, तिमी मात्र भन मलाई म तिम्रो हो, त्यसपछि त, मलाई एक पटक मृत्यु पनि चाख्न मन् छ, मेरो कोठा मा अँध्यारो छ धेरै, तिम्रो उज्यालो अनुहार को चित्र ले चार ओटै पर्खाल सजाउन मन् छ, तिमी लाई लेख्दै मेरो दिन गयो, यो रात तिमी लाई सोच्दै बिताउने मन् छ।

सामीप्यता

के मैले महसुस गरेको सूर्यको किरणहरू भ्रम थिए, जो सुस्तरी मेरो आत्मालाई न्यानोपनले अङ्गालिरहेको भान हुन्थ्यो ? सायद एक्लो र बेचैन रातले देखाएको मिठो स्वप्न हुनुपर्छ। एक दिन पनि युगौँ जस्तो काट्नै गाह्रो हुन्छ, क्षण-क्षण सताब्दीयौँ लामो अनुभूति हुन्छ । तुषारोले ढाकेर सुस्त हिउँले ढाकेको धर्ती सूर्यको न्यानो किरणबाट अङ्गालिन छट्पटाई रहेको हुन्छ । के उता सूर्यलाई पनि उस्तै छटपटी हुन्छ धर्तीलाई अङ्गाल्ने ? धर्तीलाई लाग्छ उसको प्रेम एकोहोरो छ, जस्तै कठ्याङ्ग्रिए पनि, बेचैनिले सिकिस्त बनाएपनि नपुकारेकै जाति ! अपहेलित हुनुभन्दा त मर्नु ठिक, धर्तीले आफैँलाई सम्झाउँछ । के प्रेम यही हो.... सूस्त सुस्त मर्दै जानु। जहाँ जीवनको आशा छैन... सामीप्यताको आधार छैन ।

सुगन्ध

मायाको सुगन्ध साँझको हावा चल्दा तिम्रो सम्झना आउँछ, फुलको बास्नाजस्तै मनमा रमाउँछ । आँखा बन्द गर्दा तिम्रो अनुहार देखिन्छ, तिमी बिना जीवन, अधुरो लाग्छ । तिम्रो हाँसो मेरो बिहानको उज्यालो, तिम्रो आवाज - मनको मधुर गजलो । दूर भएर पनि नजिकै महसुस हुन्छ, मायाको धागोले आत्मा बाँधिन्छ । यदि तिमी पर्खने हो भने, म सधैं आउँछु, शब्द होइन, भावना बनेर समाउँछु । जीवनको बाटो जहाँ पुगे पनि, मायाको सुगन्ध कहिल्यै हराउँदैन नि

वेवास्ता

घाटमा लगेको लास र प्रेममा परेको जिउँदो लास एउटै एउटै हुँदो रैछ ।।

एक्लोपन

कहिले काही "शब्दको" भन्दा धेरै "साथको" जरूरत पर्छ, तर जब जरूरत पर्छ तब कोही हुँदैन ।

डर

आज यो मन अलि गह्रौ छ। छातीभित्र कतै एउटा अव्यक्त पीडा लुकेको छ, जसले घरीघरी घोचिरहन्छ। कारण स्पष्ट छ-त्यो हो गुमाउने डर। जीवनमा कोही-कोही यति प्रिय हुन्छन् कि, उनको उपस्थिति नै श्वास फेर्नु जस्तो लाग्छ। उनी नजिक हुँदा हरेक चुनौती सामान्य लाग्छ, जीवन रंगीन हुन्छ। तर, मनको कुनामा सधैं एउटा काँडा बिझाइरहन्छ, 'कतै म यिनीहरूलाई गुमाउँछु कि?' यो चिन्ताले मनलाई अँगालो हालेको छ। हरेक हाँसोको पछाडि, हरेक मीठो कुराकानीको अन्त्यमा, एउटा अज्ञात भय लुकेको हुन्छ -कतै यो पल अन्तिम त होइन ? कतै यो सम्बन्धको धागो चुँडिएला कि ? यो डरले वर्तमानका मीठा पलहरूलाई पनि अधुरो र खल्लो बनाइदिन्छ। थाहा छ, परिवर्तन नै संसारको नियम हो। कसैलाई बाँधेर राख्ख सकिंदैन, न त समयलाई नै रोक्न सकिन्छ । तैपनि, यो मन त सम्बन्धको न्यानो मा बाँच्न चाहन्छ। यो डर एउटा यस्तो तूफान हो, जसले मनको शान्त तलाउल बेलाबेलामा हल्लाइदिन्छ र आँखामा अश्रुका बादल मडारिन्छन् ।

समय

कति सजिलै भनिदिन्छन् मान्छेहरू समय सबैभन्दा ठूलो मलम हो ! तर, कसैले देख्दैन यो 'घाउ' होइन, यो त आत्माको एक भाग हो जसले दुखिरहन छोड्दैन। कहिलेकाहीँ त लाग्छ, यो दुखाइ नै मेरो परिचय बनेको छ। हाँसेर हिँड्छु, तर भित्र कतै एउटा आवाज लगातार गुन्जिरहेको हुन्छः "म ठीक छैन, म ठीक छैन..." म चाहन्छु केवल एकचोटि... एकचोटि सबै ठिक होस्... यो लागेको घाउ... जुन हरेक रात निदाउनु अघि टसटस दुख्छ, जसले मलाई पलपल घोचिरहन्छ, त्यो चुप लागिदेओस्। यो दुख्ने मन... जुन स-साना खुशीहरूमा पनि पूर्ण रूपले रमाउन सक्दैन, सधैं एउटा भारीपन बोकेर हिँड्छ, त्यसले मुक्ति पाओस् । म थकित भैसकें ! यो अधुरोपन बोकेर हिँड्न, हरेक बिहान एउटै आशाको सहारामा उठ्न, अनि फेरि बेलुका त्यही खालीपनमा डुब्न... मलाई थाहा छ, संसार चल्छ। सूर्य उदाउँछ र अस्ताउँछ। तर मलाई लाग्छ, मेरो घडी कतै बितेका पीडाहरूमा रोकिएको छ।