Sunday, August 3, 2025
प्रेम भनेको मनको सतही आकर्षण होइन
Wednesday, July 30, 2025
प्रिय पात्र
प्रिय मान्छे,......
जति–जति म शब्दहरू कोर्छु त्यति त्यति तिम्रो यादले यो छाति चर्किदै जान्छ........ जब-जब म तिम्रो बारेमा लेख्न थाल्छु केहि शब्दहरू ले त्यति नै मेरो मनलाई खुशी अनि आनन्द पनको महसुस हुन्छ साना........ थाहा छैन तिमी किन यति प्यारो भएयौ मेरो जिवनमा......
प्रिय..... . तिमी मेरो न भए पनि, तिमी बिना जिन्दगीको कल्पना गर्न सक्दिन म...।
कसरी बुझाउँ म यो मनलाई - कि तिमी मेरो हौं भन्ने मेरो कल्पना मात्र हो.....॥
म त मनलाई बुझाउन सक्दिन कहिल्यै, किनभने तिमी नभए पनि तिमी मेरो सपनाभरि छौ, मेरो आत्माभित्रको मौनताभरि छौ, र ती अधुरा संवादभित्र, जसलाई म दिनहु मनमै दोहोर्याउँछु......।।
मलाई थाहा छ, तिमी सायद कहिल्यै मेरो हुने हैनौ । तर....... तिमीलाई गुमाउने डर भने यथार्थ हो, किनभने मनले तिमीलाई पाएको झैं गरिरहेको छ..। तिमीलाई माया गरेर.......
किन हो किन,
तिमी मेरो नभए पनि तिमीलाई गुमाउने डर ले मलाई मार्छ जस्तो लाग्छ....
Tuesday, July 29, 2025
फेरि याद आउनु भएछ...!
फेरि याद आउनु भएछ...!
मेरो केही पलको खुशी भङ्ग पारेर, सम्पूर्ण हासोलाई सन्नाटामा परिवर्तन गर्दै । बोल्दै नबोली, ढकढक नगरि मेरो मुटुमा प्रवेश गर्यो ।
यादहरुकै स्वागतमा आँखाले अबिरल आँसु बगायो । हातखुट्टा लल्याकलुलुक बने । होश गुमायो मस्तिष्कले पनि । म कहाँ छु, के गर्दैछु सबै बिर्सिएँ ।
मष्तिष्कको स्मृति एल्बममा अचानक एउटा चलचित्र चल्न थाल्यो । उनी...!
तिनै आँखाहरू, तिनै मुस्कान, तिनै साना साना पलहरू, जसले कहिल्यै नमेटिने छाप छोडेका थिए मेरो आत्मामा ।
मेरो मनले प्रश्न गर्यो किन फेरि आयौ?"
तर जवाफ थिएन, थियो त केवल भूतकालका तस्बिरहरू, जसले वर्तमानलाई बिझाइरहेका थिए ।
साँझ पर्न लागेको थियो, बिस्तारै बादलहरू गुलाबी र सुनौलो रंगमा ढल्दै थिए । सहरको चहलपहल केही मत्थर हुँदै थियो, मानिसहरू आ-आफ्नो गन्तव्यतिर लागिरहेका थिए । सडक छेउको क्याफेमा एक कप कफीको न्यानोपन सँगै म एक्लै बसिरहेको थिएँ । तर, एक्लोपन त्यति साधारण थिएन, त्यो त एउटा अभिशाप जस्तो थियो, जुन मसँग लुकेर बस्ने गर्छ ।
समय बित्दै गयो, बाहिर हेर्दै गर्दा, कुनै बेला हामी संगै हिँड्ने ती बाटोहरू याद आयो । त्यो क्याफे जहाँ हामीले पहिलो पटक हात समातेका थियौँ, त्यो चोक जहाँ उनि अलिकति रिसाएर मलाई छोडेर गएकी थिइन्, तर केही मिनेटमै फर्किएर मेरो काखमा अँगालो मारेकी थिइन् । मैले सम्झिएँ आखिर कति साना साना क्षणहरू संचित भएर एउटा विशाल स्मृतिको महासागर बनेको थियो ! तर, आज त्यो महासागरमा म मात्रै थिएँ। उनी कतै हराई सकेको थिइनन् । केवल उनको सम्झना मात्र मसँग थियो ।
मैले धेरै पटक आफूलाई सम्झाएँ, "अब ती कुरा सम्झेर के फाइदा? समय बगेको छ, जिन्दगी अघि बढाउनु पर्छ !" तर, मन बुझाउन गाह्रो हुन्थ्यो ।
कहिलेकाहीं लाग्थ्यो, यदि ती दिनहरू पुनः फर्किन सक्थे भने कस्तो हुन्थ्यो? यदि समयको चक्रलाई उल्ट्याएर ती क्षणहरू फेरि जिउन पाइन्थ्यो भने म के गर्थे? के फेरि उसैगरी माया गर्थे? कि, केही फरक हुन्थ्यो? तर वास्तविकता त यथार्थ नै हो।
बितेका पलहरू फर्किंदैनन्, सम्झनाहरू त केवल यातनाका घाउ बनेर बाँकी रहन्छन् ।
उनको उपस्थितिले मेरा दिनहरू उज्यालो बनाएको थियो । उनको मायाले मेरा भावनाहरू सुगन्धित तुल्याएको थियो ।
तर, एक्कासी ती सबै हराए ।
के मैले उनलाई गुमाएँ?
कि, उनले मलाई छोडिन्?
उत्तर मसँग छैन ।
यति थाहा छ।
हामी अब पहिले जस्तै छैनौँ ।
साँच्चै, कतिपय सम्बन्धहरू अधुरै रहन्छन् । तर, अधुरो छोड्ने
थियो, जसको कुनै पूर्णविराम कहिल्यै लागेन ।
मनसायले होइन, परिस्थिति नै त्यस्तो बन्छ । हाम्रो सम्बन्ध पनि त्यस्तै आज धेरै समयपछि फेरी ती यादहरूले मनमा हुरी ल्याए । म सम्झनाको जालोमा अल्झिएँ, जहाँबाट उम्किन गाह्रो थियो ।
कसरी सम्झनाहरू यति बलिया हुन्छन् ?
कसरी कुनै मान्छेले अर्को मान्छेको आत्मा नै कब्जा गर्न सक्छ?
मनले बारम्बार सोध्यो
"के तिमी अझै उनलाई प्रेम गर्छौं?"
तर, यसको उत्तर दिन म असमर्थ थिएँ ।
किनकि प्रेम केवल वर्तमानको विषय होइन, त्यो एक अनुभूति हो, जसले समय, दूरी, सबै पार गर्न सक्छ ।
कहिलेकाहीँ लाग्छ, सम्झनाहरू बोक्ने क्षमता मानिसलाई नदिएको
भए कस्तो हुन्थ्यो?
यदि भूतकाल मेटेर नया क्यानभासमा जीवन कोर्न पाइने भए कस्तो हुन्थ्यो ?
शायद त्यसो भएको भए जीवनको अर्थ नै हराउँथ्यो ।
किनभने दुखद यादहरू बिना, सुखद क्षणहरूको मूल्य बुझ्न कहाँ सकिन्थ्यो र?
यो सहरमा,
रात पर्न लागेको छ ।
सहरका बत्तीहरू बल्न थालेका छन् ।
क्याफे सुनसान हुँदै गएको छ ।
म उठ्छु, आफूलाई सम्हाल्न खोज्छु ।
तर, भित्रभित्रै अझै चिच्याइरहेको छु
" फेरि याद आउनु भएछ...!"
मनोभाव
भो अब देखि मैले तिमिलाई चाहिन तिम्रो आँखामा अक्सर डुबे जस्तै, आज हराईन तिमि जे थियौ, जस्लाई मैले बेहिसाब माया गरेथे आज मैले तिमि भित्रको, तिमिलाई पाईन ।
यो सँसार परिवर्तनशिल छ। सँसारका हरेक कुरा समयसँगै परिवर्तन भईरहन्छन् । शास्वत केहि छैन, झन् मान्छे त्यसको उग्र रुप हो मान्छे पनि परिवर्तनशिल छ, समयसँगै परिवर्तनहरू आउछन् । नयाँ ठाउँ, नयाँ परिवेश ! सधैभरि एउटै भएर पनि काहाँ हुन्छ र? परिस्थिति अनि आवश्यकता अनुसार मुख फेर्नु नै पर्छ ।
पहिले तिमि जस्तो थियौ, त्यस्तै मलाई मन परेको थियौ । हरेक कुरामा खुसि खोज्ने तिमि जहाँ पुग्यो त्यहि रमाउने तिम्रो मन्, हाँसो बच्चा जस्तो तर सोच भने घरव्यवहार मा परेकि महिलाको जस्तो । न त तिमिले अरुको देखासिकी गरेर अपच असभ्य कपडा लगाएको थाहा भयो, न त तिमिले श्रिङ्गार को नाममा नचाहिने स्वाङ गर्ने गरेकि थियौ । त्यहि कहिले कसो गाजल अनि लिपिस्टिक लगाउने गरेकि तिमि । तिमिलाई मैले लिपिस्टिक लगाएको सुहाएन भनेको थिए । त्यसदिन पस्चात मलाई भेट्न आउदा तिम्रो ओठमा केवल एउटै मात्र रङग देखिन्थ्यो त्यो हो तिम्रो रङ्ग । तिम्रो भित्रि सुन्दरता त्यहि बेला देखिएको थियो । मलाई त्यो समयको तिमि मनपर्छ ।
एउटा कुरा थाहा छ तिमिलाई? मान्छेहरु गलाबलाई किन चाहन्छन् ? किनकि उस्को आफ्नो अस्तित्व छ। उस्को आफ्नै एउटा पहिचान छ । चाहे त्यो फुल सुकेरै पनि किन न जावोस् ? प्रेमि प्रेमिकाहरु त्यसलाई सजाएर राख्छन । झन् त्यसमा भएका काँडाले त्यसलाई झन् अप्रतित (नबुझिने) बनाउछ । गुलाबमा काँडा हुनु त्यसको स्वभाब हो। उ जस्तो छ त्यस्तै मनपराउँछन् मान्छेहरु ।
तिमिले बुझेको थियौ मेरो भावनाहरु । किनकि प्रायः जसो मेरो कुराहरुमा तिम्रो लागि प्रेम साँचिएको भाव निस्किने गर्थ्यो । जहाँबाट हाम्रो बोलचालको पनि सुरुवात भएको थियो। मैले तिमिलाई माया गरेवापत तिमिले पनि मलाई कुनै दिन चाहने छौ । मलाई माया दिनेछौ भनेर तिम्रो पछि लागेको थिए। म' तर ! बिस्तारै तिमिसँग अझै नजिकिदै जादा तिमिले बुझाउने कुराहरु तिम्रो संवादमा झल्किने चित्रहरु तिमिले जसरि मलाई बुझेको थियौ अनि मेरो भावनाको कदर गरि मेरो साथ दिएकि थियौ। मैले साँचो अर्थमा प्रेमको परिभाषा बुझ्दै थिए । कसैलाई प्रेम गर्नु त्यहि प्रेमको अपेक्षा राखेर वरिपरि घुमिरहनु प्रेम फिर्ता पाउने आशामा, कसैलाई चाहानु अनि पाउनु, प्रेम प्राप्तिको चाहना मात्रै पनि प्रेम हैन रहेछ। नजिक हुदा होस या टाढै रहेर होस । सुखमा होस कि दुखमा होस। गाह्रो अप्ठेरो जस्तोसुकै परिस्थितिमा तपाईंलाई बुझेर साथ दिनु प्रेम गरेभन्दा पनि बढि हुदोरहेछ ।
कोहि हुन्छन् जो सबैभन्दा अलग्गै हुन्छन् । जस्ले मनमुटुमा एक प्रकारको ठाउँ बनाएको हुन्छन् । "जो सँग कुनै स्वार्थ हुदैन" जेछ त्यसमै रमाउने दुखमा हात समाउने कुनै कुरा पनि नलुकाउने हरेस खाएको बेला प्रेरणा दिदै सम्झाउने। एक साथी जो जिवनसाथी जत्तिकै प्यारो हुन्छ मेरो लागि त्यो साथि तिमि थियौ। "मैले यो कुरा तिमिलाई पनि भनेको थिए।" अनि तिमिले हास्दै "लौ यस्तो पनि हुन्छ र ?" भनेकि थियौ। मलाई लागेको थियो हामि सधै भरि यसैगरि रहनेछौं तर सोचेजस्तो काहाँ हुदोरहेछ र ? आखिर हामि पनि त्यो खोला र किनार कस्तै भएका छौ आजभोलि । किनारले खोला लाई साथ दिन्छ खोला त्यसैको साहारामा बग्दै जान्छ अनि कतै हराउछ । तर किनार जस्ताको त्यस्तै रहिरहन्छ सदावहार । तिमि पनि त्यो खोला जस्तै भयौ बगुन्जेल मेरो साथ रह्यौं जब तिमि कहि पुग्यौ अनि मलाई बिर्सियौ। साथि, प्रेम अनि जिवनसाथी सम्म पुग्छन् मान्छेहरु तर ! मेरो मामलामा म पहिला प्रेमि थिए तिम्रो ! बिस्तारै साथि भए अनि अन्त्यमा अन्जान अपरिचित बन्न पुगे । तिमि बद्लियौ तिमि प्रतिको चाहना फेरियो । स्वार्थी भनेपनि भनुन मलाई केहि गुनासो छैन। तिमि पहिलेको भन्दा सुन्दर भएकि छ्यौ तिमि प्रति केटाहरुको आकर्षण पनि बढेको छ । तिमिलाई प्रेम गर्नेहरुको पनि कमि छैन । मलाई छ्यमा गरिदेऊ म पनि अब पहिलेको जस्तो म रहिन ।
सुर बिनाको राग जस्तै ? भावना बिनाको भाव जस्तै ! सद्भाव बिनाको साथ अनि जुन नभएको रात जस्तै आजभोलि तिमि भित्रको तिमि नै हराएको छ ।
हरेक समयको आ-आफ्नो समय हुनुपर्छ बादल त आउछ जान्छ आकाश त्यहि रहनुपर्छ अब तिमि पुर्ण परिवर्तन भएको रहि छ्यौ म तिम्रो साथमा छैन तिमिले त्यो सहनुपर्छ
परिवर्तन तिमि भएकि थियौ अनि तिम्रो परिवर्तन देखेर तिमि प्रतिको मेरो भावना पनि परिवर्तन भएँ साहेद हुन सक्छन् म आफै पनि परिवर्तन भएको हुनसक्छु । यो परिवर्तनमा लेखिएको शब्दले पक्कै पनि केहि परिवर्तन लिएर आउछन् । किनकि यो परिवर्तनको कुरा हो
हुनु उसैको.....
हुनु उसैको.....
तिमी हुनु उसैको जसको तिमीलाई लत लागेको छ, मैले हरेक कुरा मा मन बुझाउँदै आएको छु सायद प्रेम मा पनि मलाई श्राप लागेको छ !
म तिमीलाई मैले पाउनु भन्दा रमाएको हेर्न चाहन्छु, म मुस्कुराउन सक्छु तिम्रो खुसी मा तिमी उसैलाई रोज्नु जो तिम्रो मनमा बसेको छ।
म झुक्छु छुन्छु तिम्रो पाउँ तिमीलाई सिरमा सजाउँछु, तिम्रो हरेक निर्णय स्वीकार मलाई तिमी हुनु उसैको जसको यादहरुले तिमीलाई सताउँछ ! मलाई तिमी बाट तिमी बाहेक अरु केही चाहिएको
हैन, तिमीलाई अरु कसैको यादहरु संग पाए भने मेरो निस्वार्थ प्रेम कसरी सफल हुन सक्छ ! त्यसैले तिमी हुनु उसैको जसको तिमीलाई लत लागेको छ, मलाई त तिम्रो माया यसरी लागेको छ जसरी मदिरा को मात लागेको छ !!
शिर्षक : तिम्रो हरेक कुरा मान्न तयार छु म
शिर्षक : यो कथा हो (मनोभाव)
तिम्रो हरेक कुरा मान्न तयार छु म!
तिम्रो हाँसो जसले तिमिलाई खुसि दिन्छ, तिम्रो आँसु जसले तिमिलाई रुवाउछ, तिम्रो मौनता जुन तिमि भन्न सक्दिनौ, तिम्रा पीडा जुन् तिमि सम्झिन चाहन्नौं, तिम्रो हरेक हरेक अपेक्षाहरु पनि।
तिमी हुनु भनेको मेरो लागि संसारकै सबैभन्दा अमुल्य चिज मेरो साथमा हुनु हो।
तिमि नै हौ जो मेरो हरेक स्वासमा बसेकि छौ,
हरेक दुख पन्छाएर मुटु भित्र पसेकि छौ।
तिमिलाई धन्यबाद दिनको लागि कुनै पनि शब्द उचित छन् जस्तो लाग्दैन मलाई।
तिमीलाई खुशी राखु, तिमीलाई सधैं हसाई राखु त्यही मात्र मेरो साँचो चाहाना हो।
तर एउटा कुरा के हो भने; माया यो कुराहरुमा हामि छुट्ने कुरा नआओस् कुनै कुरा छुट्न नपरोस्, न त सम्झनाहरू, न त वाचाहरु। किनभने, छुट्यो भने मनै चुडिन्छ; सम्बन्ध होइन, आत्मा छुट्टिन्छ।
त्यो अप्ठेरो परिस्थितिमा जब सबैले मुख मोडे तिमी थियौ । एक्लो अँध्यारोमा थिए म, मनभित्र आँधी चलेको थियो। त्यही बेला तिमी आईपुग्यौ। मनसँग मन मुटुसँग मुटु जोड्यौ। आँखासँग आँखा जुधाएर भन्यौ, "म छु नि"
त्यो निश्वार्थ समर्पण थियो, जसले मभित्रको युद्धमा ध्वस्त संसारलाई फेरि आफ्नो दृष्टिकोण मा सजायौ। त्यो क्षण मैले बुझें, प्रेम केवल शब्द होइन, यो त मौनता भित्रको सबभन्दा उच्च ध्वनि हो।
तिमी मेरो अँध्यारो सँसारको उज्यालो थियौ।
जतिबेला मैले आफैँलाई बिर्सिसकेको थिएँ,
तिमीले मलाई सम्झायौ !
मेरो अस्तित्व मलाई बुझायौ।
जबजब म तिमीलाई नियाल्छु, तिमीमा एउटा श्रद्धा देख्छु।
त्यो श्रद्धा जसले विश्वासको जरा गाडेको छ,
भरोसाको विरुवा हुर्काएको छ, अनि मायाको फूल फुलाएको छ।
जीवन सधैं एउटै लयमा नचल्न सक्छ।
कहिलेकाहीँ बर्खाको बादलले घाम ढाक्छ, कहिले शीतल हावाले पात झार्छ,
तर मेरा निम्ति, तिमी सधैं वसन्त रहिरहनु किनकि अब फेरि ओईलिएर फुल्न मलाई सारै गाह्रो हुनेछ, तिमि सधै को लागि मेरो बाँच्ने साहस बनिदिनु। तिमी सँगै हुँदा लाग्छ, यो संसारको हरेक कुराले अर्थ पाउँछ शब्दहरू मिठा लाग्छन्, मौनता पनि गीतजस्तै लाग्छ।
हरेक दिन म प्रार्थना गर्छु, तिमीलाई गुमाउनु नपरोस्। म तिमीलाई माया गर्छु भन्ने मात्र होइन, तिमी बिना अधुरो छु भन्ने अनुभूति पनि तिमीलाई गराउन चाहन्छु। किनकि तिमी साथमा हुँदा, समय पनि सुमधुर लाग्छ। तिमी टाढा हुँदा भने, घडीको प्रत्येक सुईले वियोग लेखिरहेझैँ महसुस हुन्छ।
म विश्वास दिलाउन चाहन्छु यो प्रेम कुनै क्षणिक मोह होइन।
तिमी र म, केवल नाम मात्र का हामी होइनौँ,
हामी एउटै सासमा बाँचेको आत्मा हौं।
तिमी नै थियौ जसले मलाई अँध्यारोबाट उज्यालोमा ल्यायौ,
त्यसैले म चाहन्छु अब तिम्रो जिवनमा कहिल्यै अँध्यारो नपरोस्।
त्यसैले म फेरि भन्दैछु,
म तिम्रो हरेक कुरा मान्न तयार छु, माया,
तर हामि छुट्टाछुट्टै भएर जिउनु पर्ने दिन कहिल्यै नआओस्।
दैवले हामि हिड्ने बाटो कहिले नछुट्याओस् ।
किनभने तिमि बिनाको जिवन निरस र व्यर्थ छ, म तिमि मा
जोडिएको छु,
यो प्रेमको मात्रै कथा होईन, यो दुई आत्मा बिच मिलनको कहानि हो । यो केवल प्राप्तिको चाहाना हैन यो निस्वार्थ प्रेम हो ।
आफ्नोपनको समर्पणको ।
यो कथा हो....।