भो अब देखि मैले तिमिलाई चाहिन तिम्रो आँखामा अक्सर डुबे जस्तै, आज हराईन तिमि जे थियौ, जस्लाई मैले बेहिसाब माया गरेथे आज मैले तिमि भित्रको, तिमिलाई पाईन ।
यो सँसार परिवर्तनशिल छ। सँसारका हरेक कुरा समयसँगै परिवर्तन भईरहन्छन् । शास्वत केहि छैन, झन् मान्छे त्यसको उग्र रुप हो मान्छे पनि परिवर्तनशिल छ, समयसँगै परिवर्तनहरू आउछन् । नयाँ ठाउँ, नयाँ परिवेश ! सधैभरि एउटै भएर पनि काहाँ हुन्छ र? परिस्थिति अनि आवश्यकता अनुसार मुख फेर्नु नै पर्छ ।
पहिले तिमि जस्तो थियौ, त्यस्तै मलाई मन परेको थियौ । हरेक कुरामा खुसि खोज्ने तिमि जहाँ पुग्यो त्यहि रमाउने तिम्रो मन्, हाँसो बच्चा जस्तो तर सोच भने घरव्यवहार मा परेकि महिलाको जस्तो । न त तिमिले अरुको देखासिकी गरेर अपच असभ्य कपडा लगाएको थाहा भयो, न त तिमिले श्रिङ्गार को नाममा नचाहिने स्वाङ गर्ने गरेकि थियौ । त्यहि कहिले कसो गाजल अनि लिपिस्टिक लगाउने गरेकि तिमि । तिमिलाई मैले लिपिस्टिक लगाएको सुहाएन भनेको थिए । त्यसदिन पस्चात मलाई भेट्न आउदा तिम्रो ओठमा केवल एउटै मात्र रङग देखिन्थ्यो त्यो हो तिम्रो रङ्ग । तिम्रो भित्रि सुन्दरता त्यहि बेला देखिएको थियो । मलाई त्यो समयको तिमि मनपर्छ ।
एउटा कुरा थाहा छ तिमिलाई? मान्छेहरु गलाबलाई किन चाहन्छन् ? किनकि उस्को आफ्नो अस्तित्व छ। उस्को आफ्नै एउटा पहिचान छ । चाहे त्यो फुल सुकेरै पनि किन न जावोस् ? प्रेमि प्रेमिकाहरु त्यसलाई सजाएर राख्छन । झन् त्यसमा भएका काँडाले त्यसलाई झन् अप्रतित (नबुझिने) बनाउछ । गुलाबमा काँडा हुनु त्यसको स्वभाब हो। उ जस्तो छ त्यस्तै मनपराउँछन् मान्छेहरु ।
तिमिले बुझेको थियौ मेरो भावनाहरु । किनकि प्रायः जसो मेरो कुराहरुमा तिम्रो लागि प्रेम साँचिएको भाव निस्किने गर्थ्यो । जहाँबाट हाम्रो बोलचालको पनि सुरुवात भएको थियो। मैले तिमिलाई माया गरेवापत तिमिले पनि मलाई कुनै दिन चाहने छौ । मलाई माया दिनेछौ भनेर तिम्रो पछि लागेको थिए। म' तर ! बिस्तारै तिमिसँग अझै नजिकिदै जादा तिमिले बुझाउने कुराहरु तिम्रो संवादमा झल्किने चित्रहरु तिमिले जसरि मलाई बुझेको थियौ अनि मेरो भावनाको कदर गरि मेरो साथ दिएकि थियौ। मैले साँचो अर्थमा प्रेमको परिभाषा बुझ्दै थिए । कसैलाई प्रेम गर्नु त्यहि प्रेमको अपेक्षा राखेर वरिपरि घुमिरहनु प्रेम फिर्ता पाउने आशामा, कसैलाई चाहानु अनि पाउनु, प्रेम प्राप्तिको चाहना मात्रै पनि प्रेम हैन रहेछ। नजिक हुदा होस या टाढै रहेर होस । सुखमा होस कि दुखमा होस। गाह्रो अप्ठेरो जस्तोसुकै परिस्थितिमा तपाईंलाई बुझेर साथ दिनु प्रेम गरेभन्दा पनि बढि हुदोरहेछ ।
कोहि हुन्छन् जो सबैभन्दा अलग्गै हुन्छन् । जस्ले मनमुटुमा एक प्रकारको ठाउँ बनाएको हुन्छन् । "जो सँग कुनै स्वार्थ हुदैन" जेछ त्यसमै रमाउने दुखमा हात समाउने कुनै कुरा पनि नलुकाउने हरेस खाएको बेला प्रेरणा दिदै सम्झाउने। एक साथी जो जिवनसाथी जत्तिकै प्यारो हुन्छ मेरो लागि त्यो साथि तिमि थियौ। "मैले यो कुरा तिमिलाई पनि भनेको थिए।" अनि तिमिले हास्दै "लौ यस्तो पनि हुन्छ र ?" भनेकि थियौ। मलाई लागेको थियो हामि सधै भरि यसैगरि रहनेछौं तर सोचेजस्तो काहाँ हुदोरहेछ र ? आखिर हामि पनि त्यो खोला र किनार कस्तै भएका छौ आजभोलि । किनारले खोला लाई साथ दिन्छ खोला त्यसैको साहारामा बग्दै जान्छ अनि कतै हराउछ । तर किनार जस्ताको त्यस्तै रहिरहन्छ सदावहार । तिमि पनि त्यो खोला जस्तै भयौ बगुन्जेल मेरो साथ रह्यौं जब तिमि कहि पुग्यौ अनि मलाई बिर्सियौ। साथि, प्रेम अनि जिवनसाथी सम्म पुग्छन् मान्छेहरु तर ! मेरो मामलामा म पहिला प्रेमि थिए तिम्रो ! बिस्तारै साथि भए अनि अन्त्यमा अन्जान अपरिचित बन्न पुगे । तिमि बद्लियौ तिमि प्रतिको चाहना फेरियो । स्वार्थी भनेपनि भनुन मलाई केहि गुनासो छैन। तिमि पहिलेको भन्दा सुन्दर भएकि छ्यौ तिमि प्रति केटाहरुको आकर्षण पनि बढेको छ । तिमिलाई प्रेम गर्नेहरुको पनि कमि छैन । मलाई छ्यमा गरिदेऊ म पनि अब पहिलेको जस्तो म रहिन ।
सुर बिनाको राग जस्तै ? भावना बिनाको भाव जस्तै ! सद्भाव बिनाको साथ अनि जुन नभएको रात जस्तै आजभोलि तिमि भित्रको तिमि नै हराएको छ ।
हरेक समयको आ-आफ्नो समय हुनुपर्छ बादल त आउछ जान्छ आकाश त्यहि रहनुपर्छ अब तिमि पुर्ण परिवर्तन भएको रहि छ्यौ म तिम्रो साथमा छैन तिमिले त्यो सहनुपर्छ
परिवर्तन तिमि भएकि थियौ अनि तिम्रो परिवर्तन देखेर तिमि प्रतिको मेरो भावना पनि परिवर्तन भएँ साहेद हुन सक्छन् म आफै पनि परिवर्तन भएको हुनसक्छु । यो परिवर्तनमा लेखिएको शब्दले पक्कै पनि केहि परिवर्तन लिएर आउछन् । किनकि यो परिवर्तनको कुरा हो
No comments:
Post a Comment