म यो कर्जाको बोझ कहिल्यै हल्का गर्न चाहन्नँ। बरु यो बोझ मेरो काँधमा मेरो मुटुको कुनामा मेरो प्रत्येक साससँग बाँधेर जिन्दगीभर बोकेर बाँच्न चाहन्छु।
तिम्रो माया पुरा भए पनि वा अधूरो रहे पनि तर यसको स्वाद यसको मादकता र यसको पीडा दुबै मेरो जीवनलाई अर्थ दिन्छन्। त्यसैले मलाई तिम्रो कर्जदारकै रूपमा सारा जिन्दगी बिताउन देऊ किनकि यो कर्जा नै मेरो बाँच्ने कारण हो मेरो मुस्कानको रहस्य हो र मेरो आँखामा चमक बनि बस्ने अनन्त ज्योति हो।
No comments:
Post a Comment