तिमी आएकी छौ
जसरी
वसन्त आउछ
अघोषित
तर यथार्थ
तिमी
बसेकी छौ
जसरी
सपनामा पग्लिन्छन
जीवनका
उज्याला पातहरू
तिमी
त्यो होईन
जो आउछन
केही सम्झनाहरूमा
डेराहालेर जान्छन
तिमी त हौ
सम्झनाको मूलघर
जसलाई
म
कहिल्यै
खाली राख्न सक्दिन
त्यसैले नसोच
तिमी
क्षणिक छौ भनेर..
No comments:
Post a Comment